Categories समाचार

दोलखा : प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका कार्की विजयी

Advertisement

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

उनले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतले पछि पार्दे जित निकालेको हुन् ।

Advertisement

अन्तिम मत परिणाम अनुसार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे ।

Advertisement

त्यस्तै सिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन् । यो सँगै मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

यो जित सँगै माओवादीको प्रत्यक्षमा जम्मा १८ सिट कायम भएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो दल बनेको छ । त्यस्तै नेकपा एमाले दोस्रो बनेको छ ।

समानुपातिकतर्फ भने नेकपा एमाले पहिलो दल बनेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *