Categories समाचार स्वास्थ्य

मेयर घरदैलो स्वास्थ्य शिविरबाट ३ दिनमा बिन्दवासिनीका ४ सय ६८ जना लाभान्वित

वीरगन्ज । वडा नम्बर १९ मा पुगेको “मेयर घरदैलो स्वास्थ्य शिविर ” बाट तीन दिनमा ४ सय ६८ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

वडा नम्बर १७, १८,२६, ३०,३१,३२ मा शिविर सम्पन्न गरेर आइतबारदेखि वडा नम्बर १९  (बिन्दवासिनी) मा सञ्चालनमा आएको शिविरमा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले जानकारी गराए ।

Advertisement

आफ्नै गाउँठाउँमा निशुल्क रुपमा चलिरहेको स्वास्थ्य शिविरमा चिकित्सकको सल्लाह अनुसार ९५ जनाले रगत परिक्षण गराएका छन् । निशुल्क स्वास्थ परिक्षण , रगत परिक्षण र औषधी समेत आफ्नै गाउँमा पाउदा पैसा खर्च गरेर सदरमुकाम धाइरहनुपर्ने समस्या बाट छुटकारा पाएको शिविरमा सहभागी स्थानीय रामहरि यादवले बताए ।

Advertisement

एकै ठाउँमा वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिला तथा पुरुषहरुका लागि सहज बाताबरणमा चलिरहेको स्वास्थ्य शिविरमा निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *