Categories समाचार

हत्यापछी श्रीमतीको टाउको प्लास्टिकमा पोको बनाएर भागेपछि…

वीरगन्ज । सुर्खेतमा युवकले पत्नीको वीभत्स हत्या गरेका छन् । पञ्चपुरि नगरपालिका –३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरले हत्या गरेका हुन् । हत्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए ।

भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई उनले खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेका हुन् । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट  प्रहरीले उनलाई पक्राउ गरेको छ । 

Advertisement

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *