Categories समाचार

मेयर सिंहकाे निर्देशनपछि वीरगञ्जमा जथाभावी टांगिएका तार हटाउन सेवा प्रदायक सहमत

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको बैठकमा महानगरका प्रमुख राजेशमान सिंहले सेवा प्रदायक संस्थाका प्रतिनिधिलाई जथाभावी टांगिएका तार व्यवस्थित गर्न निर्देशन दिएका हुन् । जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न महानगरले पटक पटक प्रयास गरिरहेको छ ।

Advertisement

तर सेवा प्रदायक संस्थाहरुले सहयोग नगर्दा महानगरको अभियान पूरा हुन सकिरहेको छैन । मंगलबार इन्टरनेट सेवा प्रदायक संस्था र केवल टिभीका प्रतिनिधिलाई बोलाएर जथाभावी टांगिएका तार व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।

Advertisement

बैठकमा पहिलो चरणमा वीरगञ्जको आदर्शनगर क्षेत्रमा अव्यवस्थित रहेका तार व्यवस्थित गरेर अभियान अघि बढाउने सहमति भएको छ ।

अभियानलाई सार्थक बनाउने आउँदो २३ गते शुक्रबारदेखि अव्यवस्थित रुपमा छरिएका तार हटाउन सुरु गर्ने बैठकले सर्वसम्मत निर्णय गरेको महानगरको आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए ।

महानगर प्रमुख सिंहको उपस्थितिमा भएको बैठकमा स्याटेलाइट केवलका सुन्दर कुर्मी, भायोनेटका अब्दुल कलाम आजाद, वल्र्डलिंकका दिपेश वान्तवा, सिम टिभीका जगमोहन कुमार कुशवाहा, राधेमाई केवलका सम्सुल हवारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *