Rato Pana
खेलकुद

आदर्शनगरमा ग्यालेक्सी टुर्नामेण्ट क्रिकेट प्रतियोगिता सुरु, मेयर सिंहले गरे उद्घाटन

वीरगञ्ज । वीरगञ्जको ग्यालेक्सी स्कुलको आयोजनामा बिहीबारबाट ग्यालेक्सि टुर्नामेण्ट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

आदर्शनगर रंगशालामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले  उद्घाटन गरेका हुन् ।

मेयर सिंहले आफ्नो र आफ्नो ठाउँको पहिचान बढाउन खेलकुदको महत्वपूर्ण भुमिका रहने भएकाले पढाइसँगै खेलमा पनि लगाव राख्न विद्यार्थीहरुलाई आग्रह गरे ।

खेललाई नै भविष्य वनाएर लागेकाहरुले मेहनतका साथ अभ्यास गर्दै अघि बढ्न आग्रह गर्दै उनले खेलकुदको प्रवर्द्धन महानगरले पनि गर्ने बताए ।

प्रतियोगितामा वीरगञ्जका ११ वटा र कलैया बाराको ५ वटा गरि १६ वटा स्कुलको सहभागिता रहेको आयोजक ग्यालेक्सी स्कुलका अमीत सिंहले जानकारी दिए ।

२९ गतेसम्म चल्ने अन्तर स्कुल प्रतियोगिताका बिजेता र उपविजेता स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment