Categories समाचार स्वास्थ्य

मेयर घरदैलो स्वास्थ्य शिविर निरन्तर जारी, खासगरी महिला र वृद्धवृद्धा लाभान्वित

Advertisement

वीरगञ्ज । २०७९ साल भदौ २६ गतेदेखि महानगरको वडा नम्बर ३० लालपर्सा बाट शुरु गरिएको “मेयर घरदैलो स्वास्थ्य शिविर“ महानगरपालिकाको विभिन्न वडाहरुमा साप्ताहिक रुपमा निरन्तर सञ्चालन हुदै आएको छ ।

स्वास्थ्य शिविर क्रमशः वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७, १८,१९,२६, ,३१ र ३२ मा गरी हालसम्म ४ हजार ६ सय ५६  जना महिला सहित ७ हजार ३ सय ५८ जनाले स्वास्थ्य सेवा लिएको महानगरपालिका अन्तर्गतको आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

Advertisement

चेकजाँचका लागि आउने स्थानीयवासीहरुले ग्रामीण भेगबाट वीरगंज आउ जाउ गर्न आर्थिक खर्च लगायत अन्य व्यवस्थापनमा समस्या भईरहेको बेला घरआगन मै व्यवस्थित रुपमा सबै किसिमका सेवा सुविधा सहितको स्वास्थ्य जाँच गराउन पाउँदा खुशी व्यक्त गरेका छन् ।

Advertisement

मेयर राजेशमान सिंहले चुनावताका गरेको यो वाचा पुरा गरेको भन्दै स्थानीयवासीहरुले प्रशंसा समेत गरिरहेका छन् ।

गाउँका वृद्धवृद्धा, गर्भवती महिला , अन्य स्वास्थ्य समस्या भएका महिला तथा पुरुषहरुका लागि एकै स्थानमा सहज रुपमा सबै सुविधा सहितको स्वास्थ्य शिविर संचालन भईरहेकोले जाँच गराउन आउने सेवाग्राहीहरुको उल्लेखनीय उपस्थिती हुने गरेकोले आर्थिक अवस्थाका कमजोर भएका स्थानीयवासीहरुलाई आफ्नै घर आँगनमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरीएको यस शिविरको लक्ष्य समेत पुरा भईरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *