Categories खेलकुद शिक्षा समाचार

नेपाल कावेरी एकेडमीमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

वीरगञ्ज । वीरगञ्जको लिंक रोडस्थित नेपाल कावेरी एकेडमीको यस वर्षका खेलकुद प्रतियोगिता ‘वार्षिक खेलकुद दिवस–२०७९’ सम्पन्न भएको छ ।

मंसिर २३ गते शुक्रबार स्कूलको प्रांगण एक भव्य कार्यक्रमको आयोजना गरि खेलकुद दिवसलाई समापन गरिएको हो ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेशकुमार गुप्ता (मुन्ना) को प्रमुख आतिथ्यमा गरिएको उक्त कार्यक्रममा मार्सल आर्ट खेलाडी रवी कलवार, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि युवराज खड्का, विद्यालय व्यबस्थापन टिम, वार्षिक खेलकुद दिवसका संयोजक एवं प्रशिक्षक, शिक्षक, विद्यार्थी लगायत शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रमका क्रममा विद्यार्थीहरुले मार्च पासद्धारा विद्यार्थीले अतिथिहरुको स्वागत गरेका थिए भने विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन पनि प्रस्तुत गरेका थिए ।

विद्यार्थीलाई आत्म विश्वास बढाउन यस्ता खेलको आयोजना गरेको विद्यालयको भनाई छ । विद्यार्थीलाई आफ्नो लागि आफै केही काम गर्नुपर्छ भन्ने बुझाउनु कार्यक्रमको उद्देश्य रहेको विद्यालयकी निर्देशक आयुशी तुल्स्यानले बताइन । उनले खेलमा हार वा जितभन्दा विद्यार्थीमा म केही गर्न सक्छु भन्ने आत्मविश्वास सृजना गर्ने विश्वास व्यक्त गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *