Categories समाचार समाज

सबैठवाका ४५ जना दलित बिपन्नलाई कम्बल सहयोग

वीरगञ्ज । उपकार सेवा नेपालले आज वीरगञ्ज वडा-२३ सबैठवामा दलित बिपन्न ४५ जनालाई कम्बल बितरण गरेको छ।

तराईमा चिसो र सितलहरका कारण बिपन्न अति बिपन्न वर्गका परिवार कपडा बिहिन्न नहोस भनी संस्थाले कम्बल बितरण कार्य सुरु गरेको हो।

Advertisement

तराईको चिसोले बालबालिका,वृद्ध वृद्धाहरुले अकालमा ज्यान गुमाउनु परेको हुन्छ । यो प्रयासले केही हद्द्सम्म सहयोग हुने भएकोले कम्बल बितरण कार्यसुरु गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष बिद्ययादेबी सरावगीले(पूजा पोद्दार) ले बताउनु भयो।

Advertisement

स्थानीय सुभागी देवी रामको अध्यक्ष्तामा भएको सो कार्यक्रममा समाजिक अभियन्ता प्रकाश थारु, ओमप्रकाश सर्राफ, संस्थाकी सदस्य श्रीमती बगरिया, सञ्चारकर्मी अनिल साह, दिपु वर्णवाल, युवा अभियन्ता निरज राम लगायतको उपस्थिती रहेको थियो ।

सो कम्बल उपकार सेवा नेपाल लाई सहयोगी काठमांडू निवासी रवि अग्रवालको तर्फबाट पाएकोमा उनलाई धन्यवाद दिदै आगामी दिनमा पनी सहयोगको अपेक्षा राखेको अध्यक्ष सरावगीले बताउनुभयो ।

कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता अनिशकान्त कुशवाहाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *