Categories समाचार

पर्सा : विद्युत चोरी गर्ने ६ जना पक्राउ ।

Advertisement

वीरगन्ज । विद्युत चुहावटमा पर्साको ग्रामीण भेग अग्रपंक्तिमा रहेको भन्दै व्यापक आलोचना भएपछि विद्युत प्राधिकरण वितरण केन्द्र पोखरीयाले आफ्नो एरिया भरीका बिभिन्न ठाउँमा चेकजाच सुरु गरेको छ । यसरी केही दिन यतामात्र शुरु भएको यो नियमित चेकजाँचले गर्दा विद्युत चुहावटमा कमी आएको छ ।

विद्युत खपतको केही प्रतिशत बिद्युत चुहावट रहेको पर्सामा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी जरिवाना असुल गर्ने काम शुरु भएको छ ।

Advertisement

विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयातामा पक्राउ गरी नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण पोखरीया शाखाका प्रमुख जगनाथ झाले बताए ।

Advertisement

विद्युत चुहावटमा अग्रपंक्तिमा रहेर आलोचना खेपिरहेको प्राधिकरणले विद्युत चुहावटको प्रतिशतले घटाएको छ ।

प्राधिकरणका कर्मचारीहरु प्रहरी र स्थानीय प्रशासनको सहयोगमा कटीबलुवा, झाखरा, सन्थि, निचुटा लगायतका विभिन्न स्थानहरुबाट विद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरी जरिवाना असुल गरिएको शाखा प्रमुख झाले बताए ।

लामो समयसम्म पनि विद्युत महशुला भुक्तानी नगर्ने अटेरी गर्नेहरुको लाइन काटिनेको र उनीहरुबाट बाँकी महसुल वापतको रुपियाँ असुल गरिने प्राधिकरणले जनाएको छ ।

विद्युत चोरी गर्ने कृष्णा दास , मन्तु राम , ब्रहमदेव यादव , रामनारायण यादव , ठेकन यादव र राजवंशी मुखियालाई राती हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ गरी पोखरीया ल्याइएको शाखा प्रमुख झाले बताए।

व्यापक रुपमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने प्रवृति बढेको बेला प्राधिकरणले शुरु गरेको योे प्रयासले अवश्य पनि चुहावट नियन्त्रणमा राम्रो शुरुवात भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *