Categories समाचार

श्रीपुर टोलबाट दुइ थान सालको गोलिया काठ बरामद

Advertisement

वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर टोलबाट प्रहरीले दुइ थान सालको गोलिया काठ बरामद गरेको छ ।

तस्करहरुले जंगलबाट रुख फडानी गरि साइकलमा बोकेर ल्याउदै गरेको काठ प्रहरीले बरामद गरेको हो ।

Advertisement

ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीबाट प्रहरी नायब निरीक्षक नन्दकिशोर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले आईतवार बिहान ४ बजे तिर दुई थान साईकल सहित अन्दाजी १४ घनफिट सालको काठ बरामद गरेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

Advertisement

काठ र साइकल बरामद भएपनि तस्करहरु भने फरार भएकाले उनिहरुको खोजी भइरहेको प्रहरी नायब निरिक्षक साहले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *