Categories समाचार समाज

२० वर्ष पुरागरि विवाह गर्ने दुलहीलाई गाउँपालिकाद्वारा ५० हजार रुपैयाँ हस्तान्तरण

Advertisement

वीरगन्ज । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले विवाहबन्धनमा बाँधिएकी एक दुलहीलाई ५० हजार प्रोत्साहन रकम सहयोग गरेको हो। बालविवाह न्यूनीकरण गर्न चालिएको अभियानअन्तर्गत गाउँपालिका अध्यक्षले विवाह समारोहमै उपस्थित भएर सो रकम हस्तान्तरण गरेका हुन्।

शुक्रबार चन्द्रनगर गाउँपालिका– २ निवासी रेणुकुमारी सिंहलाई विवाह समारोहकै बीच गाउँपालिका अध्यक्ष राजकुमार महतोले सो रकमबराबरको चेक हस्तान्तरण गरे। चेक हस्तान्तरण गर्दै उनले गाउँपालिकाभित्रका सम्पूर्ण युवतीलाई २० वर्ष पूरा गरेर मात्र विवाह गर्न अनुरोध गरे।

Advertisement

गाउँपालिकाका नयाँ जनप्रतिनिधिको पहिलो बैठकले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले ‘बिहेवारी, २० वर्ष पारि’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम अभियान कार्यान्वयन गरिएको अध्यक्ष महतोले बताए। यसअघि गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने युवतीलाई एकमुस्ट ११ हजार दिने घोषणासमेत गरेको छ।

Advertisement

प्रोत्साहन भत्ता पाउन गाउँपालिकाभित्रका युवतीले २० वर्ष पूरा गरेपछि मात्र विवाह गर्नुपर्नेछ भने शिक्षा अनुदानका लागि छात्राले क्याम्पसमा भर्ना गरेको बिल भर्पाइ पेस गर्नुपर्नेछ।

यकिन तथ्यांक नभए पनि यस पालिकामा बर्सेनि ६५ प्रतिशतभन्दा धेरै बालविवाह हुने गरेको अनुमान गरिएको छ। गाउँपालिकाको अभियानपछि धेरै अभिभावकले प्रोत्साहनबापत पाइने रकमको लोभले पनि २० वर्षअघि विवाह नगराउने गाउँपालिकाको अपेक्षा छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *