Categories समाचार

बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

बनेपा । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बा३ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो। उनका अनुसार बनेपा नगरपालिका वडा-११ सल्लेबाट बेथानचोक-५ चल्टीमा ब्रतबन्धमा पुगेर फर्केको बस दुर्घटनामा परेको हो। 

Advertisement

प्रहरी प्रमुख जोशीले १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए। घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।  साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *