Categories समाचार समाज

धरानका मेयरको अभिव्यक्तिप्रति दलित अयोगको आपत्ती, आत्मालोचना गर्न अनुरोध

Advertisement

वीरगञ्ज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् राईको अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले आपत्ती जनाएको छ ।

मेयर राईले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा लेखेको “बल होइन बुद्धि लगा चमारे बुद्धि” भन्ने अभिव्यक्तिप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा बुधवार जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

Advertisement

अध्यक्ष विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तीअनुसार उक्त अभिव्यक्ति संविधान, प्रचलित मूल्य मान्यतासँगै अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्म विपरित भएको ठहर गरिएको छ ।

Advertisement

जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिले साम्प्रदायिक र समुदाय (चमार) प्रति अपमान हुने अभिव्यक्ति दिनुले समाजमा नकारात्मक असर पर्ने अध्यक्ष विश्वकर्माको भनाई छ ।

उक्त अभिव्यक्तिलाई सच्याई दलित समुदायप्रति पर्न गएको चोटको आत्मालोचना गर्न पनि आयोगले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *