Categories समाचार

नयाँ मन्त्री नयाँ भवनमा वस्न नपाउने

Advertisement

काठमाडौं । संघीय तथा प्रदेशसभाको आवधिक निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन हुने क्रममा छ । तर, नयाँ मन्त्रीहरुले पनि ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री निवासमा प्रवेश नपाउने भएका छन् ।

मन्त्रिहरुका लागि भैंसेपाटीमा निर्माण भइरहेको भवनको ७८ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति मात्र पूरा भएको छ।

Advertisement

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले बनाउन लागेको यो भवन लामो समय देखि अधुरो छ। यही कारण नयाँ मन्त्रिहरु पनि पुल्चोकको पुरानो भवनमा नै वस्न वाध्य हुनेछन् ।

Advertisement

समन्वय कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठका अनुसार आगामी चैतसम्ममा बल्ल पहिलो चरणको काम पूरा हुनेछ।

हाल पुलचोकमा रहेको मन्त्री निवासलाई स्थानान्तरण गर्ने सरकारको निर्णयबमोजिम ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा मन्त्री निवास बनिरहेको हो ।

नयाँ मन्त्री तत्काल नयाँ भवनमा वस्न नपाउने भए पनि ४ महिनापछि निवास तयार हुने आयोजना उपनिर्देशक श्रेष्ठले बताए।

उनले भने, ‘सिभिल वर्क पूरा भएर फिनिसिङको काम भइरहेको छ । थप निर्माण गर्नुपर्ने भित्रि साजसज्जाको लागि पनि काम भइरहेको छ।’

२०७६ कात्तिक २७ गते सुरु भएको मन्त्री निवासको काम २०७९ कात्तिकमा पूरा गर्नुपर्ने थियो । तर कोभिड(१९का कारण आगामी चैतसम्म म्याद थप गरिएको छ।

यो समाचार कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *