Categories Uncategorized समाचार

पर्सा : रानीघाटको ४ वटा चामल गोदाममा छापामारी

Advertisement

वीरगञ्ज । वीरगञ्जको वडा नम्वर ११ रानीघाटमा रहेका चामल गोदाममा छापामारी गरी प्रहरीले चामल नियन्त्रणमा लिएको छ ।

राजश्व छली भारतबाट चामल भित्र्याइएको सूचनाको आधारमा छापामारी गर्दा ठूलो परिमाणमा चामल बरामद भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताको संयुक्त टोलीले रानीघाटमा रहेका ४ वटा चामल गोदाममा छापामारी गरेको हो ।

Advertisement

गोदाम सञ्चालकहरु भने फरार भएको प्रहरीले जनाएको छ ।

बरामद चामल वीरगञ्ज भन्सार कार्यालय लैजाने काम चलिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *