Categories समाचार स्वास्थ्य

“मेयर घरदैलो स्वास्थ्य शिविर” बाट वडा नं. २० का ७ सय ५३ जना लाभान्वित

वीरगञ्ज । विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य शिविर” वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजमा सम्पन्न भएको छ । अन्य सात वडामा सफलतापूर्वक स्वास्थ्य सेवा उपलब्ध गराएपस्चात आठौं वडाको रुपमा वडा नम्बर २० मा शुरु गरिएको थियो ।

यही मंसिर २५ गते देखि हरपतगंज स्वास्थ्य चौकीमा सञ्चालन गरिएको “मेयर घरदैलो स्वास्थ्य शिविर” बिहिवार सम्पन्न भएको हो । शिविरमा ४ सय ८३ जना महिला सहित ७ सय ५३ जनाले स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् । डाक्टरहरूको सल्लाह र आवश्यकता अनुसार १ सय ५७ जनाले ल्याब र १५ जनाले यु. एस. जी  सेवा समेत लिएका हुन ।

Advertisement

महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उदेश्यले सञ्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार नि:शुल्क औषधी पनि वितरण भइरहेको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी गराए ।

Advertisement

नियमित ५ दिन घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको शिविरबाट स्वास्थ्य सेवा लिएका स्थानीयहरुले बताए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज बाताबरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।

अभियानमा वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाल, सुमन चन्द्र ठाकुर, सुनिल कुर्मी, डाक्टर सागर गुप्ता, डाक्टर उमेश सरार्फ, डाक्टर जिन्नातुन नेसा लगायत सहभागी रहेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *