Categories समाचार

आँबुखैरेनी नजिकै सडक भासिदा पृथ्वीराजमार्ग अवरूद्ध

वीरगन्ज । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।

आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।

Advertisement

खाल्डोमा माटो राखेर पुरेर सडक पुन: सञ्चालनमा ल्याइने उनले बताए। पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ।

साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *