Categories समाचार

वीरगञ्ज : फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कार्य तिब्र

Advertisement

पर्सा । वीरगञ्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कार्य अन्तरगत आज वीरगंज महानगरपालिका वडा नम्बर १५ मा पर्ने इनरवाईपासको ४० फिटे बाटोको अतिक्रमण हटाउने कार्य सम्पन्न गरेको छ ।

इनरबाईपासको ४० फिटे सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

Advertisement

महानगरले दुई दिन लगाएर ४० फिटे बाटोको अतिक्रमण हटाएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली समितिका संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

Advertisement

अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतान, बीरगंज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सरफुद्दिन मिया सहितको टिम, नगर प्रहरी इन्चार्ज हरि भुषालको कमाण्डमा खटिएको टिम तथा बस पार्क प्रहरी चौकीका प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *