Categories समाचार

नेपाल भारत सीमावर्ती बजारमा छापा, अवैध रुपमा ल्याईएको भारतीय चामल बरामद

वीरगंज । नेपाल भारत सीमावर्ती बजार पर्साको भिस्वामा जिल्ला अनुगमन टोलीले छापामारी अवैध रुपमा ल्याईएको भारतीय चामल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर र वीरगन्ज भन्सार कार्यालयको टोलीले भिस्वा बजारमा छापामा मारेर ३११ बोरा भारतीय चामल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतले जानकारी दिनुभयो ।

Advertisement

भिस्वा बजारमा भण्डारण गरि राखिएको सूचनाको आधारमा छापामारी गरि उक्त परिमाणको चामल बरामद गरिएएको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो। बरामद गरिएको चामल आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा ल्याईदै गरेको उहाँले बताउनुभयो ।

Advertisement

भिस्वा बजारको बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर तस्करहरु भण्डारण गरेर राखेको २० किलो अदत भएको बासमती चामल बरामद गरिएको भंसार अधिकृत खगेन्द्र साहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *