Categories समाचार समाज

करेन्ट लगाएर मारेपछि गाडीले कुल्चिएर लुकाएको आरोपमा श्रीमान् र देवर पक्राउ

Advertisement

पर्सा । प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२७ जसौलीका ३४ वर्षीय कुसल दास र उनका भाई २८ वर्षीय भरत दास रहेका छन् ।

Advertisement

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Advertisement

कुसलले मंगलबार मध्‍यराति श्रीमती ३० वर्षीया रिंकु कुमारीलाई करेन्ट लगाएर मारेको र पछि भाई भरतलाई बोलाएर कुखुराको चल्ला बोक्‍ने गाडीले कुल्चिएर शिवम ह्याचरीभित्र लुकाएको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *