Categories समाचार

विहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोका कारण सिमरा विमानस्थलमा उडान प्रभावित

Advertisement

वीरगञ्ज । मधेश प्रदेश अन्तर्गत पर्सा, बारा र रौतहट जिल्लासम्मका जनतालाई सेवा दिने सिमरा विमानस्थलबाट हुने उडान प्रभावित भएको छ  ।

बिहिबार विहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित विमानस्थलबाट हुने उडान प्रभावित भएको हो ।

Advertisement

विनान्स्थलका सूचना अधिकारी सुरेन्द्र कुशवाहका अनुसार आज बिहानदेखि अनुसूचित तिनवटा उडान रद्द भएका छन् । बुद्ध एयरलाइन्सका दुइ र यती एयरलाइसका १ गरी ३ उडान रद्द भएको कुशवाहले जानकारी दिए ।

Advertisement

‘खराब मौसमका कारण भिजिबिलीटी राम्रो नहुँदा बिहानदेखि एयरपोर्ट खुल्न सकेको छैन । अनुसूचित ३ वटा उडान रद्द भएका छन् । मौसम सुधार आएपछि उडान हुने उनले बताए ।

सिमरा विमानस्थलबाट दैनिक बुद्ध एयरलाइन्सको ७ र यती एयरलाइन्सको २ गरी ९ वटा उडान हुने गरेको छ ।

फाईल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *