Categories समाचार

पर्साको पर्सागढीमा यसपालि पनि विजय उत्सव महोत्सव मनाउने निर्णय

Advertisement

अन्जु कुमारी

वीरगन्ज । पर्साको पर्सागढी मन्दिर व्यवस्थापन समिति र पर्सागढी नगरपालिकाले यसपालि पनि विजय उत्सव महोत्सव संयुक्त रुपमा मनाउने निर्णय गरेको छ ।

Advertisement

विक्रम सम्बत् १८७१ पौष १९ गते स्थानीय रंजित चौधरीको कुशल युद्ध निति तथा स्थानीयवासीहरुको सकृयतामा आधुनिक हतियार बोकेका ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झानामा विजय महोत्सवको आयोजना गरीने व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।  

Advertisement

पर्सागढी नगरपालिकाको आर्थिक सहयोग , नेपाली सेनाको सहभागीता तथा स्थानीयवासीहरुको सहभागीतामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले २०८ औँ विजय महोत्सव आयोजना गर्न लागेको हो ।

नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै पर्सागढी विजय महोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा माघ १९ गते विहान १० बजे भेला भई विभिन्न झाँकी एव् नेपाली सेनाको टोलिका साथ बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै पर्सागढी मन्दिर परिसरमा पुगी विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका प्रमुख गाकर्ण पाठकले बताए ।

पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्ध स्थल रहेको भएपनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मन्दिरको दुवै तर्फ नदि तथा खोला रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकार लगायत उधोगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताए ।

पर्सागढ्रीको गौरवगाथालाई उजागर गर्दै उक्त क्षेत्रलाई पर्यटकीय आकर्षणको रुपमा विकासका लागि आ आफ्नो स्थानबाट पहल गरीदिन शनिवारको पत्रकार सम्मेलन मार्फत आग्रह गरीएको हो ।

मन्दिर परिसरमै हाल पर्सागढी नगरपालिकाको नगर स्तरीय योजनाबाट निर्माण सम्पन्न भएको धर्मशालामामा आयोजित पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एव् पुर्व गाविस अध्यक्ष वृजमोहन चौधरी , स्थानीयवासी तथा विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *