Categories समाचार

धनुषामा पनि अज्ञात समूहको गोली प्रहारबाट एक जनाकाे मृत्यु

Advertisement

वीरगन्ज । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार अज्ञात समूहको गोली प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ मा शनिबार साँझ अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ४० वर्षीय धनुक दासकाे मृत्युु भएकाे हाे ।

Advertisement

गाेली लागेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकाेमा उपचारका क्रममा त्यहि उनकाे मृत्यु भएकाे हाे ।

Advertisement

आफनै घरकाे ग्यारेजमा बसिरहेका दासलाई भारतीय नम्बर प्लेटकाे पल्सर माेटरसाइकलमा सवार भइ आएका दुई जनाकाे समुहले गाेली हानेर भारतीय सिमा तर्फ फरार भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसअघि शुक्रबार साँझ बाराकाे बरियारपुरमा पनि अज्ञात समुहले गाेली हानेर एक भारतीय नागरिकको हत्या गरेकोे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *