Rato Pana
खेलकुद

८ करोडको लागतमा वीरगञ्जमै खुल्यो साहसिक पार्क, मेयर सिंहले गरे उद्घाटन

वीरगञ्ज । साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि वीरगञ्जमै साहसिक पार्क संचालनमा आएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १४ बाइपासको बोलबम पेट्रोल पम्प नजिक संचालनमा ल्याइएको ‘वल्र्ड अण्डर’ पार्कमा रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ ।

वीरगञ्जमा दिन विताउनका लागि आवश्यक घुमफिर गर्ने स्थान अभाव रहेकोमा अब यो पार्क संचालनमा आए सँगै वीरगञ्ज घुम्न आउने तथा यहीका स्थानीयका लागि पनि दिन विताउन पार्क फलदायी रहने देखिएको छ ।

डेढ विघा जग्गामा ८ करोडको लगानीमा संचालनमा ल्याइएको पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजिसजावट गरिएको छ ।

यहाँ जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, ¥यापेलिङ, र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने छ । 

वीरगञ्ज बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता पार्क संचालनमा आएसँगै हटेको पार्कका सञ्चालक सौरभ केडिया बताउँछन् ।

५ जना व्यवसायीको संयुक्त लगानीमा संचालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहु खेल मैदान पनि रहेको छ । जसमा फुटसल, टेनिस, भलिबल र क्रिकेट खेलको अत्याधुनिक सुविधा पनि लिन सक्ने केडिया बताउँछन् । 

पार्क भित्र छिरिसकेपछि खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरु बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको अर्का संचालक दीपक बेद बताउँछन् ।

पार्कको आइतबार विधिवत पुजा गरेर संचालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले विधिवत पुजा गरी पार्ककको उद्घाटन गरेका हुन् ।

उनले यस्ता पार्कले घुम्न आउनेका लागि समय व्यतित गर्ने ठाउँ मात्रै नभई रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने विश्वास लिए ।

उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी अशोक वैद्य, सौरभ केडिया, आरोह मित्तल, हेमंत बेद, सनी अग्रवाल लगायतको उपस्थिति थियो ।

सम्वन्धित समाचार

Leave a Comment