Categories समाचार

हटाइयो बाइपास सडकको अतिक्रमण

Advertisement

अन्जु कुमारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक पेटी अतिक्रमण नियन्त्रण र जथाभावी पार्किङ नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ ।

Advertisement

अभियान अन्तर्गत सोमबार नगवा चोकदेखि लक्ष्मणवासम्मको बाइपास सडक पेटीमा राखेका निर्माण सामग्री तथा संरचना हटाइएको छ ।

Advertisement

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने भएकाले महानगरले त्यसलाई हटाउन अहिले दैनिक अभियान नै चलाईरहेको हो ।

बाइपास र सहायक बाइपास सडक खण्डको अतिक्रमण तथा जथाभावी पार्किङ हटाउने कामलाई निरन्तरता दिइएको वीरगञ्ज महानगरका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अभियान निरन्तर अगाडी बढाइएको पनि उनले बताए । फुटपाथ अतिक्रमण गरेर राखेको बालुवा गिटीजन्य निर्माण सामग्री तथा अतिक्रमण गरेर बनाइएका संरचनाले बजार कुरुप देखिएकाले त्यसलाई हटाउन लागिएको हो ।

वीरगञ्जलाई हराभरा र सुन्दर बनाउन पनि अभियान चलाउनु परेको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँ बताउँछन् ।

सोमबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगरप्रहरी प्रमुख हरि भुषाल, महानगरको सरसफाई तथा बृक्षारोपण संयोजक प्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *