Categories समाचार

मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बित

Advertisement

वीरगन्ज । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टेक बहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ । 

विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्था अनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको संसद सचिवालयले जनाएको छ । 

Advertisement

उनले कांग्रेस- माओवादीको गठबन्धनबाट चुनाव लडेर जितेका थिए । गुरुङमाथि विशेष अदालतमा मुद्दा रहेपनि बिहीबार सांसद सचिवालयले शपथमा सहभागी गराएको थियो । 

Advertisement

गुरुङको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद सचिवालयलाई पत्राचार गरेको थियो ।  

आयोगले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । उनलाई अदालतले ३१ करोडको बिगो तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *