Categories समाचार स्वास्थ्य

कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता, हेल्थ डेस्कको मेयर सिंहले गरे अनुगमन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मुख्य नाका इनरुवामा रहेको हेल्थ डेस्कको निरीक्षण गर्नुभएको छ ।

कोरोना भाइरस (कोभीड–९०) को संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बुधबार बिहान निरीक्षण गर्नुभएको हो ।

Advertisement

अहिले छिमेकी देश भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि उहाँले हेल्थडेस्कका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

Advertisement

हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उहाँले आग्रह गर्नुभयो ।

हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ ।
कोभिड संक्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनु पर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थको अनुगमन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताउनुभयो ।

हेल्थ डेस्कको सरसफाई र मर्मत सम्भार गर्नु पर्ने कामलाई अघि बढाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

अहिले दैनिक १ जनाको एन्टिजेन परीक्षण हुनुका साथै २ सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्ककी चिकित्सक डा.अनिसा साहले जानकारी दिनुभयो ।

स्थानीयलाई तापक्रम स्क्रिनिङ गर्ने गरेको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरेको हेल्थ डेस्ककी चिकित्सक डा.अनिसा साहले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *