Categories समाचार समाज

महिलालाई आत्मनिर्भर बनाउन महिला ग्राम

Advertisement

वीरगञ्ज । एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै विरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउने गरी महानगरले काम गरिरहेको बताउनुभयो ।

उहाँले महिला ग्राम निर्माण गरेर महिलालाई आत्मनिर्भर बनाउने अभियान चलाउन लागेकाले यो सहकारीको समन्वयमा काम गर्न आफू तयार रहेको बताउनुभयो ।

Advertisement

यस्तै महिलाहरुले संचालन गरेको एकता महिला बचतको भवन महानगरले निर्माण गरिदिने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।

Advertisement

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, विरगंज महानगरपालिका वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया, वडा ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष मंजु देवी साहको सभापतित्वमा सम्पन्न भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *