Categories समाचार समाज

चोर्नीमा बिपन्न परिवारका ६० जनालाई कम्बल बितरण

Advertisement

श्याम सरार्फ

वीरगञ्ज । उपकार सेवा नेपालले आज वीरगञ्ज वडा-३२ चोर्नीमा बिपन्न परिवारका ६० जनालाई कम्बल बितरण गरेको छ।

Advertisement

तराईमा चिसो र सितलहरका कारण बिपन्न अति बिपन्न वर्गका परिवार कपडा बिहिन्न नहोस भनी संस्थाले कम्बल बितरण कार्य सुरु गरेको हो।

Advertisement

तराईको चिसोले बालबालिका,वृद्ध वृद्धाहरुले अकालमा ज्यान गुमाउनु परेको हुन्छ । यो प्रयासले केही हद्द्सम्म सहयोग हुने भएकोले कम्बल बितरण कार्य सुरु गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष बिद्ययादेबी सरावगी ले बताउनु भयो।

स्थानीय बासुदेव राउत यादवको अध्यक्ष्तामा भएको सो कार्यक्रममा समाजिक अभियन्ता तथा युवा नेता अरबिन्द सिंहको विशेष उपस्थिति रहेको थियो । कृष्ण यादव, पप्पु श्रीवास्तव, रामदरस पंडित, संस्था कि सदस्य सुमन बागेरिया, अगंकुर शर्मा लगायतको उपस्थिती रहेको थियो ।

सो कम्बल उपकार सेवा नेपाल लाई सहयोगी काठमांडू निवासी रवि अग्रवालको तर्फबाट पाएकोमा उनलाई धन्यवाद दिदै आगामी दिनमा पनी सहयोगको अपेक्षा राखेको अध्यक्ष सरावगीले बताउनुभयो ।

कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता अनिशकान्त कुशवाहाले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *