Categories समाचार

भन्सार छलि ल्याउदै गरेको तस्करीको समान वडा प्रहरी श्रीपुरले गर्यो बरामद

Advertisement

श्याम सरार्फ

बिरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले विशेष सुचनाको आधारमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा तस्करीको समान बरामद गरेको छ।

Advertisement

वडा प्रहरी श्रीपुरका प्रहरी निरिक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा गएको टोलीले तस्करले भारतको रक्सौलबाट नेपाल तर्फ ट्रकमा प्लाष्टिकको बोरामा बिभिन्न किसिमका जुताहरु, सर्टिंङ सुटिङका कपडा तथा मोटर्स पार्टहरु भन्सार छली ल्याउदै गरेको उक्त सामानहरु बरामद गरेको हो ।

Advertisement

तस्करले चोरी पैठारी गरी वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित सडक खण्डमा ना.८ ख ४०२५ नम्बरको कन्टेनर ट्रकमा मधेश प्रदेश ०३-००१ ज ०३०४ टाटा पिकअप रहेको छ । तस्करले ल्याएको प्लाष्टिकको दानाका बोराहरु, सर्टिङ सुटिङका कपडाहरु र बिभिन्न जुताहरु तथा मोटर्स पाटर्सहरु रहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिनुभएको छ।

पक्राउ गरिएको उक्त ट्रक र पिकअप गाडी तथा चलाकहरु समेत नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं.१ गुम्बा टोल बस्ने बिर बहादुर मोक्तानको छोरा बर्ष ३४ को राम बहादुर मोक्तान र जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.२ बस्ने राम नारायण मण्डलको छोरा बर्ष २३ को हरीन्द्र कुमार मण्डल रहेको छ ।

निजहरूलाई चेकजाँच गर्ने क्रममा राम बहादुर मोक्तानले चलाएको ना ८ ख ४०२५ नम्बरको कन्टेनर ट्रक र हरीन्द्र कुमार मण्डलले चलाएको मधेश प्रदेश ०३-००१ ज ०३०४ टाटा पिकअप गाडी चेकजाँच गरिएकोमा ट्रकबाट प्लाष्टिकका दानाका बोराहरु २०० वटा, सर्टिङ सुटिङ कपडा, कुर्ता सुरुवाल, मोटर्स पार्टस, छालाका जुताहरु, sports जुताहरु रहेको थियो ।

बरामद गरिएको उक्त सामानहरुको मुल्य रु. ३३,२०,७९०( तेतिस लाख बीस हजार सात सय नब्बे) बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र ब्यक्तिलाई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको वडा प्रहरी श्रीपुरका प्रहरी निरिक्षक सापकोटाले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *