Categories समाचार

राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन प्रधानमन्त्री र गृहमन्त्री बीच छलफल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री रवि लामिछानेले भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच, नागरिकता विधेयक, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता, चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारी, नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

Advertisement

त्यसलगत्तै गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउदा व्यहोर्नुपर्ने झन्जटिलो अवस्थालाई हल गर्न विज्ञ टोलीको गठन गरिएको छ ।

Advertisement

गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार अब उक्त समस्या हल गर्न टोलीले अध्ययन गर्नेछ । सो अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने प्रवक्ता पोखरेलले बताए ।

महत्वपूर्ण कागजात वितरण गर्दा नागरिकले भोग्नुपर्ने झन्जट हटाउनका लागि पहल गर्ने विषयमा पनि गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *