Categories शिक्षा समाचार

चिसो बढे संगै विद्यालय बन्द

काठमाडौं  कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

“अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो,” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भने, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो ।”

Advertisement

उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *