Categories समाचार समाज

डोम समुदायका ३० जनालाई कम्बल सहयोग

श्याम सरार्फ

वीरगञ्ज । उपकार सेवा नेपालले आज डोम समुदायका ३० जनालाई कम्बल सहयोग गरेको छ । घण्टाघर नजिकै रहेको खाली जग्गामा बसिरहेका डोम समुदायलाई सहयोग गरिएको छ ।

Advertisement

तराईमा चिसो र सितलहरका कारण बिपन्न अति बिपन्न वर्गका परिवार कपडा बिहिन्न नहोस भनी संस्थाले कम्बल सहयोग गर्दै आइरहेको छ।

Advertisement

यो प्रयासले केही हद्द्सम्म सहयोग हुने भएकोले कम्बल बितरण कार्य निरन्तर गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष बिद्ययादेबी सरावगी ले बताउनु भयो।

रमेश रामको अध्यक्ष्तामा गरिएको वितरण कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल विशिष्ट अतिथि रातोपानाका प्रबन्ध निर्देशक अमित अग्रवाल अतिथि विकी सरार्फ, निरज राम रहनु भएको थियो ।

हरेक घर बाट आएका सदस्यहरुलाइ प्रमुख अतिथि लगायत अतिथिहरुले कम्बल हस्तान्तरण गरेका थिए ।

कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता अनिशकान्त कुशवाहाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *