Categories समाचार

मुलुकको आर्थिक क्षेत्र सुधारमा प्रधानमन्त्री प्रचण्डको चासो

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चासो राखेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग पछिल्लो आर्थिक अवस्थाबारे चासो राखेका हुन् ।

Advertisement

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले मुलुकको वर्तमान अर्थिक अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन् ।

Advertisement

त्यस्तै प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा पनि छलफल गरिएको बताइएको छ।

बैंकको ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नु पर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक प्रधानमन्त्रीले ब्रिफिङ गरेको पनि जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *