Categories समाचार

रानीघाटस्थित तीनवटा चामल गोदाममा छापा, ठूलो परिमाणमा भारतीय चामल बरामद

Advertisement

श्याम सरार्फ

वीरगंज । पर्सा प्रहरीले बुधवार वीरगंज महानगर–११ रानीघाटस्थित तीनवटा चामल गोदाममा छापा मारी ठूलो परिमाणमा भारतीय चामल नियन्त्रणमा लिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिर्ता र श्रीपुरका प्रहरी टोलीले स्थानीय रामेश्वर गुप्ता, कृष्ण गुप्ता र अच्छेलाल साहको गोदाममा छापा मारी ९०५ बोरा भारतीय चामल नियन्त्रणमा लिएको हो ।

Advertisement

रानीघाट क्षेत्रबाट निरन्तर भारतीय चामल बरामद हुँदै आएको छ । यसअघि सशस्त्र प्रहरीले चारवटा गोदाममा छापा मारी ठूलो परिमाणमा भारतीय चामल नियन्त्रणमा लिएको थियो । साइकल, मोटरसाइकल र भरियामार्फत सीमावर्ती भारतको रक्सौलबाट भारतीय चामल भित्रयाउने र बिक्री गर्ने कार्य भइरहेको थियो ।

भन्सार छली भित्रयाइएका भारतीय चामलहरू नियन्त्रणमा लिइएको हो । बरामद चामल आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय चलान गरिने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *