Categories अर्थ समाचार

सामाजिक सुरक्षालाई अस्त्रका रूपमा प्रयोग गर्दा व्ययभार झन् चर्किँदै ।

Advertisement

काठमाडौं । सामाजिक सुरक्षामा क्रमशः बढ्दो वित्तीय दायित्वका कारण यस्ता कार्यक्रमको विस्तार र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । पछिल्लो दशकमा सरकारमा पुग्नेहरूले राजनीतिक अभीष्ट पूरा गराउन सामाजिक सुरक्षालाई अस्त्रका रूपमा प्रयोग गर्दा यसको व्ययभार झन् पछि झन् चर्किँदै गएको हो ।

२ दशकअघि आर्थिक वर्ष (आव) २०५९–६० मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ प्रतिशत हाराहारी रहेको सामाजिक सुरक्षा र संरक्षणको खर्च आव २०६९–७० मा २ दशमलव ५ प्रतिशत पुगेको विश्व बैंकको एक रिपोर्टले देखाउँछ ।

Advertisement

श्रम संगठन अन्तर्राष्ट्रिय (आईएलओ) ले गरेको नेपालमा सामाजिक सुरक्षाबारेको अध्ययनअनुसार आव २०६७–६८ मा सामाजिक सुरक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको १ दशमलव ९ प्रतिशत रहेकोमा आव २०७२–७३ मा २ दशमलव ५ प्रतिशत पुगेको र त्यसपछिका वर्षहरूमा व्ययभार झन् चर्किँदै गएको छ ।

Advertisement

हालै राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना प्रतिवेदनले विकासोन्मुख राष्ट्रहरु मध्ये नेपालको व्ययभार उच्च रहेको छ ।

यो खबर आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *