Rato Pana
समाचार

मानव सेवा आश्रममा साहिब दरबारले उपलब्ध गरायो न्यानो कपडा

वीरगञ्ज । साहिब दरबार सेवा संस्थानले मानव सेवा आश्रममा आश्रीत बृद्धबृद्धा तथा बालबालिकाका लागि न्यानो कपडा उपलब्ध गराएको छ ।

मानसिक अवस्था तथा अन्य विभिन्न कारणबाट सडकमा भौतारिएकाहरुलाई आश्रमले आश्रय दिएर राखेको छ । सडक मानवको उद्धार गर्दै आएको आश्रममा अहिले ४९ जना सहयोजापेक्षी रहेका छन् ।

सबैलाई एक एक थान पुग्ने गरी ५० थान न्यानो कपडा (कम्बल) उपलब्ध गराइएको संस्थानका अध्यक्ष उमेशलाल सहनीले बताए ।
आश्रममा रहेका सहयोगापेक्षीहरु कठ्याग्रिदो जाडोमा समस्यामा नपरुन भनेर न्यानो कपडा उपलब्ध गराइएको उनले बताए ।
संस्थानले शुक्रबार मात्रै वीरगञ्जको विभिन्न स्थानमा खुला सडकमा रात विताउन बाध्य ३० जना भन्दा बढीलाई न्यानो कपडा उपलब्ध गराएको थियो ।

केही दिन देखि बढेको जाडोका कारण जनजीवन निकै प्रभावित भएकाले असहाय तथा विपन्नलाई न्यानो कपडा उपलब्ध गराउने अभियान नै चलाइएको संस्थानका रुपेशमान सिंह बताउँछन् ।
समाजसेवी एवं संस्थानका प्रेमबाबु पटेल, अफरोज आलम, भुषाल चौरसिया, हफिज मियाँ लगायतले आश्रममा पुगेर न्यानो कपडा उपलब्ध गराएका थिए ।

सम्वन्धित समाचार

Leave a Comment