Categories समाचार

विभिन्न ब्रान्डका १५ थान मोबाइलसहित दुई जना पक्राउ

रौतहट । भन्सार छलेर भित्र्याइएकोविभिन्न ब्रान्डका १५ थान मोबाइलसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय गौर नगरपालिका ४ का २१ वर्षीय राजन कुमार यादव र वर्ष २२ का अनिल साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

Advertisement

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी गस्ती टोलीले  ईशनाथ नगरपालिका  ४ महुलीया टोल स्थितमा नेपाल भारत सीमामा सवारी साधन तथा पैदल यात्रीहरू चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल  तर्फ पैदल आउँदै गरेका दुवै जनालाई दुई लाख ६२ हजार ५४७ मूल्य बराबरको मोबाइलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मल्लले बताए । 

Advertisement

दुवै जनालाई आवश्यक कारबाहीको लागि आइतबार साँझ जिल्ला भन्सार कार्यालय  गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *