Categories अर्थ समाचार

श्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित १ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ निवासी १९ वर्षीय राजन कुमार साह रहेका छन् ।

Advertisement

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित सडकखण्डमा बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा राजनले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र १२ लाख २० हजार फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Advertisement

अभियुक्तलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्ध कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको डिएसपी गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *