काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।
सोमबार बिहान बसेको नेकपा एकीकृत समाजवादीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका एक नेताले बताए । तर त्यो के शर्ता हो त्यो भने खुलाइएको छैन । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिंदैछन् ।
उनी पुस १० गते एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।







