Categories समाचार

नेपाली काँग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव

Advertisement

काठमाडौं । धुमबाराहीमा जारी नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका छन् ।

मंगलबार बिहानबाट बसिरहेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिनु पर्ने भन्दै सभापति देउवाले प्रस्ताव राखेका हुन् ।

Advertisement

देउवाले उक्त प्रस्ताव राखेपनि अन्य पदाधिकारीहरुले भने फरक मत राखेका छन् । त्यसपछि प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्क्यौल हुन सकेको छैन ।

Advertisement

फरक मत राख्ने पदाधिकारीहरले केन्द्रीय समितिबाट मात्रै यो निर्णय हुनसक्ने बताएका छन् । तर आजै प्रचण्डले विश्वासको मत लिने भएकाले केन्द्रीय कमिटी बैठक तत्काल सम्भव छैन ।

अब यसको निर्णय कार्य सम्पादन समितिको बैठकबाट गरिने नेताहरुको भनाइ छ।

फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *