Categories समाचार समाज

जेलमा रहेका श्रीमानलाई छुटाई दिने आश्वासन दिएर वेश्यावृतीमा लगाएको आरोपमा ३ जना पक्राउ

Advertisement

वीरगंज । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पसार अभियोगमा ३ जनालाई पक्राउ गरेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित रानीपोखरी होटलमा मानव वेच विखन तथा ओसार पसार जन्य कार्य भैरहेको छ भने सूचनाको आधारमा आइतबार राति १०:०० बजेको समयमा पुगेकाे प्रहरीले हाेटलका मेनेजरसहित ३ जनालाई पक्राउ गरेकाे हाे ।

Advertisement

प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.८ घर भई रानीपोखरी होटलमा मेनेजरको काम गर्ने ५४ बर्षिय अनिल कुमार अरोडा,

Advertisement

जिल्ला महोत्तरी गौशाला नगरपालिका वडा नं.११ घर भई रानीपोखरी होटलमा वेटरको काम गर्ने ३७ बर्षिय रमेश कुमार श्रेष्ठ र जिल्ला लम्जुङ राईनास नगरपालिकाकाे वडा नं.४ बस्ने ३२ बर्षिय डोलनाथ कट्टेललाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हाेटलमा कानून बमोजिम चेकजाँच गर्दा होटलको १०८ नं. कोठामा बारा घर बताउने २५ वर्षको महिला र पक्राउ परेका डोलनाथ कट्टेल आपतिजनक अवस्थामा फेला परेका थिए ।

उक्त महिलालाई प्रारम्भिक सोधपुछ गर्दा हाेटलका मेनेजर अराेडा र वेटर श्रेष्ठले आफ्नो कारागारमा जेल जीवन विताइरहेको श्रीमानलाई छुटाई दिने र एक रातकै नगद रू.४ चार हजार दिलाई दिने भन्ने झुठ्ठा आस्वासन प्रलोभन समेत देखाई आफ्नो मन्जुरी नहुदा नहुदै मलाई वेश्यावृती गर्न वाध्य पारेकाे वताएकी छन् ।

उनकाे मंजुरी विना उक्त कार्य मानव वेचविखन तथा ओसार पसार सम्बन्धिको कसूर देखिएको हुँदा उल्लेखित कार्यमा संलग्न तीनै जनालाई कानून बमोजिम नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका पवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *