Categories प्रदेश २ समाचार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

Advertisement

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त भएका छन् ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका गरेका थिए ।

Advertisement

त्यसपछि आजै प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता साझेदार दलहरुको सहमतिमा मधेश प्रदेश जनता समाजवादी पार्टीको भागमा परेको थियो ।

Advertisement

सोही सहमति अनुसार यादवलाई दलहरुले मुख्यमन्त्रीमा समर्थन गरेका हुन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *