Categories समाचार

कोइला बालेर झ्याल ढोका बन्द गरी सुत्दा निस्सासिएर दुई जनाको मृत्यु

वीरगञ्ज । पर्सामा निस्सासिएर २ जना भारतीय नागरिकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित त्रिपती ट्रेडिङ् एण्ड सप्लायर्सको कोइला डिपोमा २ जनाले निस्सासिएर ज्यान गुमाएका हुन् । 

कोइला डिपोको रेखदेख गर्ने भारत बिहारको मोतिहारी रक्सौल ७ का २९ वर्षीय पबित्र गिरी र सोही ठाउँका डिपोका म्यानेजर ३० वर्षीय मिथलेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार डिपोको एकतले पक्की भवनमा झ्याल ढोका बन्द गरेर मंगलवार सुतेका दुवै जनाले बुधवार बिहान १० बजेसम्म पनि ढोका नखुलेपछि प्रहरीले ढोका फोडेर भित्र प्रवेश गरी हेर्दा मृत्यु भएको पाइएको थियो ।

Advertisement

तगारीमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुत्दा अक्सिजनको कमी भई निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

नारायणी अस्पतालका चिकित्सकसहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान अधिकृत लगायतले लास जाँच प्रकृति मुचुल्कासहितको कार्य सम्पन्न भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *