Categories समाचार

वीरगञ्ज महानगरमा आज शोक विदा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

Advertisement

महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

Advertisement

शुक्रबार महानगर अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए  ।

Advertisement

कुर्मीको गएको १६ गते निधन भएको थियो । शुक्रबार तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।

महानगरले शुक्रबार ११ बजे शोकसभा समेत राखेको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *