Categories धर्म/संस्कृति

गम्हरियामा कवरीया बाबाको बिटोर कार्यक्रम भब्यरुपमा सम्पन्न

Advertisement

रामजी यादव

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं.६ गम्हरियाको वडा कार्यालयको प्राङगणमा कवरिया बाबाहरुको बिटोर कार्यक्रम आज सम्पन्न भएको छ ।

Advertisement

बहुदरमाई नगरपालिका वडा नं.६ गम्हरिया निवासी राजीन्द्र साह तेली र बिरेन्द्र साह तेलीले आयोजना गर्नु भएको एक दिने कवरिया बाबा बिटोर कार्यक्रममा ६५ गाँउका भक्तजन कवरिया बाबाहरुको उलेख्निय सहभागिता रहेको थियो।

Advertisement

गम्हरियामा भएको कवरिया बाबाहरुको बिटोर कार्यक्रममा स्थानीय चर्चित सोधा यादव, किसकिन्दाले भगवान बाबा भोलेनाथको महिमा र कथाप्रसंग प्रति भजन सकिर्तनले मनोरंजन गराएका थिए। बिहिबार बेलुका बाबा भोलेनाथको धार्मिक बिधी अनुसार बिभिन्न भक्तजनहरुले पुजापाठ गरेका थिए ।

गम्हरियामा भएको कवरिया बाबाहरुको बिटोर कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह ,तेली कल्याण समाजका बिश्वनाथ साह,रेडियो बीरगंज तथा टि.भी बीरगंजका कार्यकारी अध्यक्ष ध्रुप साह, संचारकर्मी बिरेन्द्र साह,मोहीचन साह,वडाध्यक्ष प्रमोद साह लगायत भक्तजनहरुले सहभागिता जनाएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *