Categories समाचार

कागजमा कमिसन

Advertisement

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले तीन दिनअघि गुणस्तरहीन भनी फिर्ता पठाएको कागज बुधबार केन्द्रमै भित्रियो । फिर्ता पठाइएका गुणस्तरहीन कागजसहितका कन्टेनर फर्केर केन्द्रमै आएपछि कर्मचारी चकित बनेका छन् ।

ललितपुरस्थित नेपाहेमा ट्रेडलिंकले ल्याएको १ सय ६४ टन कागज केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता पठाएको थियो ।

Advertisement

केन्द्रले सो कागज आगामी शैक्षिक सत्रलाई विद्यालय तहका पाठ्यपुस्तक छपाउन मगाएको थियो । टेन्डरमा खरिद गरिएको कागज प्रिन्टिङ मेसिनमा हाल्नै नमिलेपछि फिर्ता पठाइएको प्रेसकै कर्मचारीले बताए ।

Advertisement

तर फिर्ता पठाइएको गुणस्तरहीन कागजसहितका कन्टेनर भारततर्फ नगई तीन दिनपछि पुनः केन्द्रमै भित्रिँदा आफूहरू आश्चर्यचकित परेको कर्मचारी बताउँछन् । फिर्ता पठाएको तीन दिनपछि अर्थात् पुस २७ गते सार्वजनिक बिदाका दिन कन्टेनर कागजसहित केन्द्रमा भित्रिएको थियो।

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *