Categories समाचार

माईस्थान मन्दिर सौन्दर्यकरण गर्न वडाध्यक्ष र स्थानीय पसल व्यवसायी बाधक

Advertisement

वीरगञ्ज । वीरगञ्जको माईस्थान मन्दिर सौन्दर्यकरण गर्न स्थानीय पसल व्यवसायी नै बाधक बनेका छन् ।

वीरगञ्जलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउँदै पर्यटकको आउजाउ वृद्धि गराउने लक्ष्य सहित सौन्दर्यकरण गर्न महानगरले काम अघि बढाएको छ ।

Advertisement

पहिलो चरणमा मन्दिर अगाडीको सडक र दायाँ बायाँ सडकमा पेभर्स लगाएको महानगरले दोस्रो चरणमा लाइटिङ र गार्डेनिङको काम अगाडी बढाउन खोजेको छ ।

Advertisement

तर स्थानीय केही पसल व्यवसायी भने मन्दिर क्षेत्र लथालिङ्ग छाडिनुनपर्ने आशय सहित काम गर्न अवरोध गर्ने प्रयासमा लागेको भेटिएको छ ।

स्थानीय केही पसल व्यवसायीले माइस्थान सौन्दर्यकरण गर्दा आफुहरुको व्यापारमा कमी आएको भन्दै पहिले जस्तै सडकमै पार्किङ गर्न पाउनु पर्ने भन्दै आएका छन् ।

उनीहरुले शुक्रबार मन्दिर क्षेत्रमा सौन्दर्यकरणको काम गर्न गएका मजदुरहरुलाई काम गर्न रोक लगाएका छन् ।

वडा नम्बर ६ मा पर्ने यो क्षेत्रको विकासमा स्थानीयकै सहयोग हुनु पर्नेमा व्यक्तिगत स्वार्थका कारण मन्दिर सौन्दर्यकरणको काममा अवरोध आउने देखिएको छ ।

आफ्नो क्षेत्रमा भइरहेको काममा सहजिकरण गरिदिनु पर्नेमा वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश साह अग्रवाल पसल व्यवसायीसँगै मिलेर काममा अवरोध गर्ने प्रयासमा रहेको पाइएको छ ।

यता महानगरले भने मन्दिर क्षेत्रको सौन्दर्यकरणको काम कसैले रोकेर नरोकिने भन्दै केहीबेर अवरिध भएको काम अघि बढाइसकेको छ ।

माइस्थान मन्दिरमा अहिले दर्शन गर्न र त्यहाँ टहल्न निकै सहज भएको भन्दै यसलाई अझै व्यवस्थित गर्न वीरगञ्जवासीहरुको माग छ ।

केही व्यवसायी र जनप्रतिनिधीको अकर्मण्यताले पुरानै अवस्थामा लैजान नहुने भन्दै यसलाई अझै सौन्दर्यकरण गरेर वीरगञ्ज हेर्न आउने वातावरण बनाउनु पर्ने बताउँछन् ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतान ।

धार्मिक पर्यटकीय क्षेत्रको सौन्दर्यकरणले पर्यटकको वृद्धि हुनुका साथै आर्थिक गतिबिधि पनि बढ्ने यहाँका व्यवसायीहरुको ठम्याई छ ।

केही व्यक्तिको स्वार्थका कारण मन्दिर क्षेत्रको काम रोक्न नहुने भन्दै तोकिएको लक्ष्य अनुसार काम अघि बढाउन वीरगञ्जवासीले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *