Categories समाचार

नेपाल रेडक्रस माइस्थान उपशाखाको साधारण सभा सम्पन्न

पर्सा । नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाको वार्षिक साधारण सभा आज बिरगंजको गिता मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति एवं जिल्ला कार्यसमिति सदस्य मदन प्रसाद गुप्ताको सभापतित्वमा रेडक्रसका जन्मदाता जा हेनरी डयुनाको तस्वीरमा अबिर, फुलमाला चढाइ सभाको सुभारभ भएको थियो ।

Advertisement

कार्यक्रममा कोषाध्यक्ष सरोजा राणाले आय- ब्यय प्रस्तुत गर्नु भएको थियो भने सचिव गणेश प्रसाद साहले प्रगती प्रतिबेदन एवं प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएकोमा कार्यसमिती सदस्य एवं उपस्थित रेडक्रसका सदश्यहरुले ताली बजाइ प्रतिबेदन पारित गरेका थिए ।

Advertisement

वार्षिक साधारण सभा कार्यक्रममा शुभकामना मन्तव्य मधुसूदन उपाध्यायले दिनु भएको थियो भने धन्यवाद सभापति मदन प्रसाद गुप्ताले दिनु भएको कार्यक्रममा सुरेन्द्र सरार्फ, सन्दिप सरार्फ, प्रदिप गुप्ता, सन्तोष ज्यासवाल, रितिक श्रीवास्तव, उमेस गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम प्रस्तुत सदस्य राजन श्रीवास्तवले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *