Categories समाचार हाइलाइट-समाचार

६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

वीरगन्ज । यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।

 ६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको छ ।  

क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । 

अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *